पूर्व डीआईजी शाहलाई भ्रष्टाचार मुद्दामा ३ वर्षको जेल सजाय

  Sampatti News Online

January 11, 2024

काठमाडौँ । विशेष अदालतले नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय तोकेको छ ।

विशेष अदालतले बुधबार कैद सजाय निर्धारण गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । यसअघि क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालीन डिआइजी शाहसहित २ जना दोषी ठहर भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहलाई १६ लाख ६९ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । अदालतले सोही रकम नै बिगो र तीन वर्ष कैद सजाय हुने फैसला सुनाएको छ ।

प्रकाशित मिति:January 11, 2024