बारा र लमजुङ दुई जिल्लाको प्रमुख जिल्ला अधिकारीको सरुवा अरु पनि हेरफेरकाे सुचीमा

  Sampatti News Online

January 12, 2024

काठमाडौँ । दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा भएको छ । गृह मन्त्रालयले लमजुङ र बाराका प्रजिअलाई गृह मन्त्रालयमा तानेर त्यहाँ नयाँ प्रजिअ खटाएको हो ।

गृहबाट सम्पत्ति न्युजलाई प्राप्त जानकारी अनुसार लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई मन्त्रालयमा सरुवा गरेर उमाकान्त अधिकारीलाई लमजुङको सिडिओ बनाई पठाइएको बताइएको छ। उनी त्यहाँ मन्त्रालयको कन्ट्रोलमा कार्यरत थिए । त्यसैगरी बारामा जनताको मन जित्ने गरि काम गरिरहेका प्रजिअ नवराज सापकोटालाई गृहमा तानेर केही दिनअघि मात्रै स्याङ्जाबाट मन्त्रालय आएका शशिधर घिमिरेलाई पठाइएको छ ।

लमजुङका प्रजिअको अवधि पुगिसकेको र बारामा भने माफियाको दबाब थेग्न नसकेर मन्त्रालयले बाध्य भएर सरुवा गरेको जानकारी प्राप्त भएको छ । प्रजिअ सापकोटाले बारा गए सगै त्यहाका तस्कर मात्रै होइन बिरगंज बाट कम भन्सार गराएर सामान भित्र्याउने गिरोहलाई निरुत्साहित मात्रै गराएनन, राजस्व बढाउने सरकारको लक्ष्य लाई भरपुर सहयोग गरिरहेका थिए। त्यस्तै प्रजिअ सापकोटाले बर्षौ देखि अपराधमा संलग्न सार्प सुटर लाई पक्राउ गराउन सफल भएका थिए। दैनिक जस्तो बिना भन्सार भित्र्याउने समान पक्राउ गराउन र जनताको सुरक्षामा ध्यान केन्द्रित प्रजिअ काम गर्दागर्दै एकाएक सरुवामा परेका छ्न।उनी यसअघि रोल्पा जिल्लामा दुई वर्ष प्रजिअको भुमिकामा सापकोटा कार्यरत थिए।

त्यस्तै मन्त्रालयको कन्ट्रोल हेर्दै आएका उपसचिव अधिकारी प्रजिअ भई गएसँगै त्यहाँ मन्त्रालयमै कार्यरत वरिष्ठ उपसचिवलाई खटाउने तयारी भइरहेको छ ।बाकी कतिपय जिल्लाका प्रजिअहरु पनि हेरफेरको सुचीमा रहेको बताइएको छ।

प्रकाशित मिति:January 12, 2024