बिराटनगरमा भन्सार एजेन्ट दुगड कै मिलोमतोमा तस्करी मौलायो

  Sampatti News Online

January 12, 2024

बिराटनगर। दण्डहीनताका कारण पुर्बी क्षेत्र बिराटनगर भन्सार भित्रबाटै हुने तस्करी धन्धा मौलाएको छ।
भन्सार कार्यालयमा थोरै परिमाण देखाएर राजस्व छल गरि ल्याएको एक ट्रयाक्टर सामान मोरङ प्रहरीले बरामद गरि बिहिवार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ। प्रहरी स्रोतका अनुसार मोटर पाटर्स र कम्प्युटर प्रन्टरहरु लोड गरेको ट्याक्टर कब्जामा लिई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको हो। खुल्ला सिमा नाका बाट हुने तस्करीको एउटा लाइन छ भने भन्सार कार्यालय भित्रबाटै हुने भन्सार एजेन्ड सन्जय दुगडले मिलोमतोमा गराउदै आएको धन्धा अर्को लाइन प्रष्ट नै छ।

लामोसमय देखि यस्तो प्रपन्च रच्दै आएपनि उनलाई कानुनले छुन सकेको देखिदैन । बिहीवार प्रहरीले जफत गरेका सो सामान भन्सारबाट नै छुटाएका हुन् । राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यका अनुसार सामानसहित ट्याक्टर प्रहरीले बुझाएपनि राजस्व अनुसन्धानले त्यसको चेक जाँच गरेको छैन । शुक्रबार र शनिवार सार्वजनिक बिदा परेको हुँदा आइतबार मात्र सामान चेक जाँच हुने हुँदा कति राजस्व छलेको छ भन्ने कुरा त्यस पछि मात्र थाहा लाग्ने राजस्वको दाबी छ। समाचार स्रोतका अनुसार १८लाख मूल्य बराबरको सामानको राजस्व छलेर ल्याइएको हो। प्रहरीले ट्याक्टरसँग दुईजना मनिसलाई पनि पक्राउ गरि राजस्व अनुसन्धानलाई बुझाएको छ। कब्जामा लिएको सामान निरज न्यौपाने काठमाडौ, कृष्णाकुमार अर्याल काठमाडौ, ललित सप्लायर्स, इटहरी र विराटनगर ट्रडिङ कन्सर्न विराटनगरको नाममा प्रज्ञापन पत्र भरेको पाइएको प्रहरीले बताएका छन् ।

तस्कर दुगडलाइ कानुनले छुदैन


भन्सार एजेन्टकोरूपमा परिचालन भएका संजय दुगड भन्सार कर्मचारीका दुहुनो गाइ बनेका कारण दुगड लाई कानुनी कार्वाही हुदैन भनिन्छ । एकातिर ठुला सुन तस्कर समात्ने र छोडने बीचमा लडाइ चलिरहेको छ । अर्कोतिर पुर्वमा राजस्वका छिद्र का रूपमा परिचित दुगड कतिपय राजस्व अनुसन्धान कार्यालय भित्रका कर्मचारी र प्रहरीकै प्यारो मान्छे बन्दै आएका छन्। मोलमोलाइ नमिलेपछि र नयाँ हाकिम आए संगै कमिसनको दररेट कायम गराउन पक्राउ गरे जस्तो गरेपनि यस्ता एजेन्डाहरुले बेला बेलामा उन्मुक्ति पाउदै आएको देखिन्छ ।
बिराटनगरको जैन भवन निर्माण गर्दा घोटाला गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय ,मोरङ जिल्लामा मुद्दा खेपिरहेका दुगडको असली रुप खोजेर हिम्मत का साथ कार्वाही गर्ने हो भने बिराटनगर भन्सारको अपेक्षित राजस्व एकाएक बढेको खबर सुन्न सकिन्थ्यो उनलाई चिन्नेहरु बताउछन्।

प्रकाशित मिति:January 12, 2024