इनारभित्र खसेकी महिलाको उद्धार

  Sampatti News Online

January 15, 2024

ललितपुर । ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको छ । उद्धारपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको सातदोबाटो प्रहरी बृत्तले जानकारी दिए ।

दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान लुगा सुकाउने क्रममा इनारमाथि चढेकी थिइन्। इनारलाई छोपेको स्ल्याब फुटेपछि उनी इनारभित्र खसेकी हुन्।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको उद्धार गरेको हो । उनी बोल्न सक्ने अवस्थामा रहेको डीएसपी जोशीले बताए ।

प्रकाशित मिति:January 15, 2024