बिरगंज भन्सार प्रमुख नै तस्करको प्यारो

राजस्व न्युन तस्करी मौलायो

  Sampatti News Online

January 15, 2024

बिरगंज ।वीरगञ्ज भन्सार कार्यालयमा कार्यालयकै कर्मचारीहरूको मिलोमतोले उठने राजस्व नउठने र तस्करहरु हाबी बन्दै गएको समाचार प्राप्त भएको छ। वीरगञ्ज भन्सार कार्यालयका केही भन्सार अधिकारीहरूको योजनामा राजस्व चुहावट तथा भन्सार छलीले ब्यापकता पाएको बताइन्छ ।

वीरगञ्ज भन्सार कार्यालय एकीकृत जाँच चौकी (आइसीपी) परिसरबाटै तस्करी हुन थालेपछि राजस्व संकलनको अनुपात समेत घट्ने क्रममा रहेको तथ्यांक छ। समाचार स्रोतका अनुसार तस्करहरूले भन्सार कर्मचारीहरूकै मिलेमतोमा सुरक्षित तस्करी लाईन संचालनकालागि आइसीपी परिसरलाई प्रयोग गरिरहेको पछिल्लो घटनाक्रमले पुष्टी गरेको छ ।

वीरगञ्ज भंसार कार्यालय (आइसीपी) परिसरलाई प्रयोग गर्दा तस्करहरूको जस्तोसुकै माला सामान भएपनि कर्मचारीहरूले ग्रीन च्यानलमार्फत जाँचपास गरी न्यून राजश्वमा करोडौं मूल्यका कपडा, महंगा मदिरा, फेन्सी सामग्रीलगायतका सामान सहजै नेपाल भित्रिने गरेको भन्सारनिकट स्रोतबाट जानकारी हुन आएको छ ।

पछिल्ला दिनहरूमा तस्कर बढदै गएको आकडा मंसिर १० गते आइसीपीबाट जाँचपास भई निस्केको १८ पोका कपडा, ४७ पोका फैन्सी सामग्रीहरू बोकेको ना।३ख ५३८५ नम्बरको ट्रक सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित गुल्म अलौंले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको ट्रकलाई हेर्दा पुष्टि गर्ने आधार बढेको छ ।

उक्त ट्रकमा रहेका माल सामानको जाँचपास गरि जारी गरेको प्रज्ञापन पत्रमा एक भारतीय सवारीको नम्बर समेत उल्लेख रहेको फेला परेपनि सशस्त्र प्रहरी बलले त्यो किन छोड्यो भन्ने प्रश्न एकातिर छ भने नियन्त्रणमा लिएको नेपाली नम्बर ना।३ख ५३८५ नम्बरको ट्रकबाट लाखौं मूल्य बराबरको अतिरिक्त कपडा र फैन्सी सामग्री समेत फेला परेको बताइएको छ ।

सम्पत्ति न्युज लाई समाचार स्रोतले बताए अनुसार कर्मचारीले भन्सार एजेन्ट, विभिन्न ट्रान्सपोर्ट कम्पनी तथा व्यापारीहरूको सेटिङमा काम गर्ने गरेका छन् । भन्सारकै एक कर्मचारीका अनुसार दैनिकरूपमा भन्सारकै कर्मचारीहरूलाई भन्सार प्रमुखले नै सरोकारवालाहरूसँग रकम असुल्न दबाब अनि प्रभाव पारेको खबर जानकारीमा आएको छ।

प्रकाशित मिति:January 15, 2024