१५ लाख घुससहित बनेपाकाे वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

  Sampatti News Online

January 18, 2024

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुस रकमसहित एकजना वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरिले जानकारी दिएको छ ।

उनलाई मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

वडाध्यक्ष बादेसँगै आएको बा ७ च १२९ न. को कार चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा न.७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई पनि गाडीसहित नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित मिति:January 18, 2024