माघ १५ गतेदेखि अनलाइनबाट प्रमाणपत्र वितरण गर्ने: पनिका

  Sampatti News Online

January 18, 2024

काठमाडौं त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले माघ १५ गतेदेखि अनलाइन मार्फत सेवा दिने भएको छ ।

पनिकाले आगामी माघ १५ गतेबाट अनलाईनमार्फत् शैक्षिक प्रमाणपत्र, ट्रान्सक्रिप्ट प्रोभिजनल प्रमाणपत्र, प्रतिलिपि, पुनर्योग, विवरण सच्याउने लगायतका सेवा दिने घोषणा गरेको छ।

भौतिक उपस्थितिमा भीडभाड बढी हुने, सेवा प्रवाहमा ढिलासुस्ती लगायतका गुनासो आएपछि बेला पनिकाले अनलाइन मार्फत सेवा प्रवाह गर्ने भएको छ ।

पनिकाले माघ १० गते अनलाइनबाट सञ्चालन गरिने विधि सार्वजनिक गर्ने जानकारी दियो ।

अनलाइन मार्फत प्रमाणपत्र वितरणका लागि गत आइनबार डेमो प्रर्दशन समेत गरेको छ । अनलाइन डेमो सफल भएसँगै अनलाइन मार्फत सेवा प्रवाह गर्न लागेको पनिकाले जानकारी दियो ।

पनिकाले यसअघि २०७५ सालमा २४ घण्टा भित्रमा नै प्रमाणपत्र उपलब्ध गराउने योजना अघि सारेको थियो । कर्मचारीको अभाव, सफ्टवेयरमा समस्या लगायतका कारणले तत्काल उक्त कार्य अघि बढाउन सकेको थिएन् । अहिले २ करोडभन्दा बढीको बजेट विनियोजन गरेर त्रिविले अनलाइन प्रणालीको विकास गर्न लागेको पनिकाले जानकारी दियो।

हाल परीक्षा नियन्त्रण कार्यालय बल्खुमा विद्यार्थीहरु आफैँ उपस्थित भएर सेवा लिनुपर्ने बाध्यता छ । त्यसका लागि महिनौँसम्म कुर्नुपर्ने अवस्था छ । बैंकमा पैसा जम्मा गर्नेदखि फारम भरेर बुझाउने सम्मको काम पनिकामै उपस्थित भएर गर्नुपर्ने अवस्था छ । उक्त झन्झटिलो प्रक्रियालाई सहज बनाउँदै पनिकाले घरमै प्रमाणपत्र पु¥याउने गरी अनलाइन सेवाको तयारी थालेको हो ।

प्रकाशित मिति:January 18, 2024