पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

  Sampatti News Online

February 13, 2024

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका– ६ मा मंगलबार भएको जिप दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पठाइएको छ ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका टोमबहादुर पुनले जानकारी दिए । दुर्घटनास्थलमा खटिएका प्रहरीले भने जिल्लाको टोली पुगेपछि मात्रै मृतकहरुबारे जानकारी दिने बताएको छ ।

घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।

प्रकाशित मिति:February 13, 2024