ढाकामा रेस्टुराँमा आगलागी हुँदा कम्तीमा ४३ को मृत्यु

  Sampatti News Online

March 1, 2024

एजेन्सी । बङ्गलादेशको राजधानी ढाकाको एक अग्लो भवनमा बिहीबार राति आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ढाकाको एक रेस्टुरेन्टमा बिहीबार राति १० बजे आगलागी भएको थियो । आगो पूरै भवनमा फैलिएको अनि दर्जनौँ मानिस यसमा फसेको बताइएको छ ।

सरकारी सुरक्षा अधिकारीका अनुसार त्यस आगलागीमा परेका ७५ जनालाई उद्धार गरी दर्जनौंलाई आसपासका अस्पतालमा लगिएको थियो । बंगलादेशका स्वास्थ्यमन्त्री सामन्त लाल सेनले ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनालाई मृत घोषणा गरिएको बताए ।

सहरको मुख्य बर्न्स अस्पतालमा कम्तीमा पनि १० जनाको मृत्यु भएको थियो भने २२ जनाको अवस्था गम्भीर रहेको उनले बताए  । आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको र कारण’bout अनुसन्धान भइरहेको दमकल बिभागले जनाएको छ । डेली बंगलादेश अखबारका अनुसार आपतकालीन सेवाहरूलाई कच्चीभाइ रेस्टुरेन्टमा बोलाइएको थियो, जुन रेष्टुरेन्ट रहेको भवन सात तलाको छ।

प्रकाशित मिति:March 1, 2024