स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दाजुभाई गम्भीर घाइते

  Sampatti News Online

March 4, 2024

जनकपुरधाम । धनुषाको बटेश्वरमा स्कुल बसको ठक्करबाट दुईजना दाजुभाई गम्भीर घाइते घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक मिथिला नगरपालिका १ लक्ष्मीबासका २६ वर्षीय मुकेश महतो र पछाडि सवार वर्ष २३ का रुपेश महतो रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । दुबै दाजुभाइ रहेको स्थानीयले बताएका छन् ।

प्राप्त जानकारीअनुसार बटेश्वर गाउँपालिका ३ स्थित ढल्केवरको चिल्ड्रेन गार्डेन बोर्डिंग स्कुलको ना १ क ८५७२ नम्बरको बसले मधेश प्रदेश ०२–००५ प ५७२९ को मोटरसाइकलमा ठक्कर दिएको हो ।

दुबैजनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहको छ । बस प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् । चालकको खोजी कार्य र दुर्घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति:March 4, 2024