नेपाललाई उपाधि जित्न पपुवा न्युगिनीले दियो १७२ रनको लक्ष्य

  Sampatti News

March 13, 2024

काठमाडौँ । हङकङमा चलिरहेको त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो ।

मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पिएनजीका लागि टोनी उराले सर्वाधिक ६१ रन बनाए । ३७ बल खेलेका उनले ४ छक्का र ५ चौका प्रहार गरे । आले नाओले पिएनजीका लागि ३० रनको योगदान गरे ।

नेपालका लागि आकाश चन्द र कुशल भुर्तेलले समान ३-३ विकेट लिए । यस्तै करण केसी र गुल्सन झाले समान १-१ विकेट लिए । नेपाल २ खेलमा ३ अंकसहित लिग चरणको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो भने पीएनजीले दोस्रो स्थानमा रहँदै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

प्रकाशित मिति:March 13, 2024