उदयपुरमा भीरबाट गाडी खस्दा ६ जनाको घटनास्थलमै मृत्यु

  Sampatti News

March 14, 2024

विराटनगर । भोजपुरको घोडेटारबाट धरान आउँदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।

उदयपुरको बेलका नगरपालिका-७ मा जीप भीरबाट खस्दा ६ जनाकै घटनास्थलमै ज्यान गएको हो । घाइते ७ जनालाई अस्पताल पठाइएको छ ।

नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङकाे अनुसार जिप सडकबाट ५०० मिटर तल खसेको छ । घटनास्थलमै ६ जनाको शव भेटिएको जनाए ।

थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति:March 14, 2024