आठ महिनामा चार लाख ७१ हजारले लिए श्रम स्वीकृति

  Sampatti News

March 18, 2024

काठमाडाै । चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो आठ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या करिब पाँच लाख पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत साउनदेखि फागुनसम्म रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या चार लाख ७१ हजार २४० पुगेको हो ।


यो सङ्ख्या गत आवको सो अवधिभन्दा १३ प्रतिशतले कम हो । सो अवधिमा पाँच लाख ४० हजार छ सय नेपाली श्रम स्वीकृति लिएर रोजगारका लागि बिदेसिएका थिए । चालु आवमा सबैभन्दा धेरै मङ्सिरमा ७१ हजार २७६ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना बिदेसिएका छन् । गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति:March 18, 2024