यस्तो छ तपाईंको ६ चैत्र २०८०, मंगलवारको राशिफल हेर्नुहोस्

  Sampatti News

March 19, 2024

मेष : अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला ।

वृष : समय राम्रो छ। शेयरमा लगानी भए फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। पेट सम्बन्धी समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। परिवारबाट रचनात्मक साथ र सहयोग मिल्नेछ।

मिथुन : दैनिकी राम्रो छ। नयाँ ठाउँको यात्रा गर्ने योग रहेको छ। धर्ममा मन जानेछ। साथी सकारात्मक छन्। लगानीका क्षेत्रबाट घाटा हुनेछन्। परिवारको साथ र सहयोग रहनेछ।

कर्कट : दैनिकी राम्रो छ। भविष्य बनाउने योजना बनाउने दिन छ। अरुलाई प्राथमिकता दिँदा आफू ओझेलमा पर्ने जोखिम हुन्छ। परोपकारको मौका मिल्नेछ। परिवारमा व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ ।

सिंह : आजको दैनिकी राम्रो छ । आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा खर्च गरेको धनबाट फाइदा हुनेछ। उचाइमा पुगँे भनेर धरातल बिर्सनु हुँदैन । परिवारको माया निरन्तर प्राप्त हुनेछ ।

कन्या : समय राम्रो छ । मनमा उत्साह बढ्नेछ । समस्या विस्तारै किनारा लाग्नेछन् । शिक्षामा गरेको लगानीको प्रतिफल मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : आजको दिन राम्रो छ । आफूलाई केन्द्रमा राखेर काम गर्नु राम्रो हुन्छ। खानपानका कारण स्वास्थ्यमा गढबढी हुनसक्छ। नियमित खाइरहेको औषधी नछुटाउनु राम्रो हुन्छ । वैदेशिक क्षेत्रमा लगानी गरेको भए सचेत हुनुपर्ने दिन छ। परिवारको साथ र सहयोग निरन्तर मिल्नेछ।

वृश्चिक : दैनिकी राम्रो छ । सामाजिक क्षेत्रमा गरेको लगानीले उचाई बढ्नेछ। गलत नियतले पछ्याउनेहरु कमजोर बन्नेछन् । श्रमको मूल्य प्राप्त हुने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उपलब्धि हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दैनिकी राम्रो छ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट मन उत्साहित हुनेछ। परोपकार गर्ने मौका मिल्नेछ। शिक्षा क्षेत्रको लगानी फस्टाउने योग छ। आफन्त र परिवारको साथ रहनेछ।

मकर : दिन सामान्य छ। ठुलो योजना नबनाएकै राम्रो हुन्छ। अरुले गल्ती गरे पनि दोष तपाईंमाथि नै आइलाग्न सक्छ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । शिक्षा क्षेत्रमा गरेको लगानी सन्तोषजनक नहुनसक्छ। परिवारमा विचारको द्वन्द्व हुने खतरा छ ।

कुम्भ : पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

मीन : समय राम्रो छ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। सञ्चित धन खर्च गर्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रको लगानी र यात्रा भए सचेत हुनुपर्ने दिन छ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

प्रकाशित मिति:March 19, 2024