आरोहण ह्युमन रिसोर्स सञ्चालक यादवले ठग्दै सर्वसाधारण 

बिरोध गर्दा बाउन्सर लगाउँछन्

  Sampatti News

May 8, 2024

रौतहट २६ बैशाख। नेपाल सरकारले बैदेशिक रोजगारीमा जान कैयौं देशको लागी फ्री भिसा फ्री टिकट भनीरहँदा रौतहट घरभई काठमाडौंमा मैनपावर सञ्चालन गरेका एकजनाले लाखौं रुपैया असुलेर पनी उल्टै पीडित माथि बाउन्सर लगाउने गरेको खुलेको छ।

रौतहटको मौलापुर नगरपालिका ५ घरभएका पृथवीनारायण यादव र देवाही गोनाहिका अर्का एकजना ईन्जिनियर संग मिलेर काठमाडौं सिनामंगल स्थित आरोहन ह्युमन रिसोर्स सञ्चालन गरेका छन् ।

सञ्चालक यादवले बैदेशिक रोजगारीमा मलेसिया पठाउने भन्दै आफ्नै जिल्ला देखि बारा र सर्लाहीका दर्जनौं युवा संग लाखौं लाख रुपैयाँ असुलेका छन्। पैसा लिएर एक दुई हप्तामा विदेश पठाउने भन्दै ६ महिना भन्दा बढी समय देखि दर्जनौ युवालाई दौडाइ रहेका छन। लामो समय दौडेर मात्र होइन एकजनाले तीन पटक सम्म मेडिकल गराएर पनी जानपाएका छैनन्। पीडितहरु सिनामंगल स्थित ईनको मैन पावर आरोहण ह्युमन रिसोर्समा गएर हल्लीखल्ली गर्दा यादवले बाउन्सर लगाएर पीडितलाई कुटपिट समेत गराउने गरेको खुलेको छ।

कटहरिया ५ का किशोरी यादवका छोरा दिलीप यादवलाई मलेसिया पठाउने भनेर पृथवीनारायणले उनको राहदानी लिएर मेडिकल गराएर भिसा आएपछि खबर गर्छु भनेर फिर्ता पठाए।

तीन महिनापछि भिसा आईसक्यो पुनः मेडिकल गराउनुस् भनेर दिलीप लाई काठमाडौं बोलाएर मेडिकल गराएर फेरि फिर्ता पठाए। त्यसको दुई महिना पछि मैन पावर सञ्चालक पृथवीनारायण यादव आफ्नो गाउँ मौलापुर आएर दिलिपको आफन्त मौलापुरकै शंकर यादवको रोहवरमा अबको एक हप्तामा उडान हुन्छ भनेर एकमुष्ट ३ लाख २० हजार रुपैयाँ लियो।

त्यस पछि पटकपटक उडानको लागी भन्दै बोलाएर पृथ्वीले दिलीप लाई फिर्ता पठाएका छन्। दिलीपका आफन्त शंकर यादवका अनुसार पैसा लिएर गएपछि पृथ्वी फोन समेत उठाउन छोडेका छन्। पृथ्वी मेरो 

गाउँले हो म संग झुठो बोल्दैन भनेर मैले ग्यारेन्टी गरेपछि दीलिपको बुवा किशोरी यादवले साहु संग ऋण गरेर पैसा दिएको ६ महिना भन्दा बढी समय बितिसक्यो,६ महिनामा ३ लाखको ब्याज चढीसक्यो तर दिलीप जानसकेको छैन।

दुईमहिना अघि पृथ्वीले दिलीपलाई काठमाडौं बोलाएर २० दिन राखेर पनि फिर्ता पठायो तर मात्र आश्वासन दिएर ठग्ने गरेको पीडित किशोरीले बताएका छन।

त्यस्तै उनले बिदेश पठाउने भनेर राहदानी संगै बाराका अरुण यादव संग २ लाख, रौतहट गढिमाइ नगरपालिका-६ घर भएका प्रमोद साह संग ५०हजार, सोही ठाउँका रामबिस्वास यादव ३५ हजार,महेश यादव ५० हजार दुई वर्ष देखि पैसा लिएको  थियो।

अहिलेसम्म न बिदेश पठाउन सकेका छ नत पैसा नै फिर्ता गरेका छन।दिलीप संगै ईनीहरु एउटा उदाहरण मात्र हो मलेसिया लगायत बैदेशिक रोजगारीमा पठाउने भनेर पृथ्वी नारायण यादवले रौतहट,बारा, सर्लाहीका दर्जनौ युवा संग जनही लाखौं रुपैया असुलेर दुई बर्ष भन्दा बढी समय देखि दौडाई रहेको पीडितहरुले गुनासो गरेका छन।

केही महिना अघि बाराका केही पीडितहरु सिनामंगल स्थित आरोहण ह्युमन रिसोर्समा गएर कित हामीलाई पठाउ की हाम्रो राहदानी र पैसा फिर्ता गर भनेर होहल्ला गरेपछि पृथ्वीले उनीहरू माथि बाउन्सर लगाएर कुटपिट गरी भगाएको एकजना पीडितले बताएका छन।

पृथ्वी नारायण यादव संग यस बारेमा बुझ्दा केही प्राविधिक कारणले ढिलो भएपनि यही अप्रिल १० तारिकको दिन दिलिपको उडान हुने प्रतिक्रिया दिएका छन्।

स्थानिय पत्रकार कृष्ण तिवारीले दीलिपको उडान फाईनल भएको हो भने उसको टिकटको फोटो Whaatsapp पठाउनुस् भन्दा पठाउन सकेको छैन। सञ्जय मिश्रा 

प्रकाशित मिति:May 8, 2024