यस्तो छ तपाईंको ८ चैत्र २०८०, बिहीबार आजको राशिफल

  Sampatti News

March 21, 2024

मेष : इच्छानुसार आत्मीयजनसँग कुराकानी हुनसक्छ, तर घरायसी परिबन्दले भेटघाटको अनुकूलता नमिल्नाले मन एकतमासको हुने र भावुक बन्ने दिन हो । कामप्रतिको लगनशीलताका कारण प्रशस्त लाभ मिल्नेछ, घरपरिवारबाट पनि शुभ समाचार आउने दिन हो, मातापिता वा वयोबृद्ध व्यक्तिको आशीर्वाद प्राप्त हुनेछ । व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो ।

वृष : दैनिकी राम्रो छ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा उपलब्धि मिल्नेछ। खानापानमा ख्याल नगरे पुरानो रोगले सताउने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। लगानी गरेको भए फाइदा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय राम्रो छ। बोलीमा मोहनी छ। घर र समाजमा सकारात्मक प्रभाव पर्नेछ। लगानी गरेको भए शिक्षामा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा उन्नति हुनेछ। परिवारमा भने मनमुटाव हुनसक्ने जोखिम देखिन्छ।

सिंह : दिन सामान्य छ। आफन्तले खुट्टा तान्ने छन्। कुनै योजना बनेको भए गोप्य ढंगले अगाडि बढाउनु राम्रो हुन्छ। आफ्नो क्षमता अनुसारको काम गर्ने दिन हो। परिवारको समझदारीमा अगाडि बढ्नु राम्रो हुन्छ।

कन्या : दैनिकी राम्रो छ। आज गरेका प्रयास सफल हुनेछ। आर्थिक क्षेत्र सुधार हुनेछ। सामाजिक कार्य बन्नेछ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

तुला : दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। नयाँ ठाउँको भ्रमण गर्ने योग रहेको छ। बौद्धिक व्यक्तिसँगको भेटले दिन फलदायी हुनेछ। स्वदेशमा नै धेरै अवसर सिर्जना हुनेछन्। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

वृश्चिक : समय राम्रो छ। पैतृक सम्पत्तिको उपयोग गर्ने अवसर प्राप्त हुनेछ। लगानी गरेको भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। पुरानो रोगबाट बच्नु राम्रो हुन्छ। परिवारको साथ प्राप्त हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : तपाईंका विरुद्ध बोल्नेहरु कमजोर हुनेछन्। तपाईंले गरेको लगानीबाट सन्तोष मिल्नेछ। रोगको प्रकोप भने बढ्ने देखिन्छ। खानपानमा ख्याल गर्नुपर्ने दिन हो। परिवारले तपाईंमाथि शंका गर्ने जोखिम छ।

मकर : दिन राम्रो छ। साथी र परिवारबाट साथ मिल्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी हुने योग छ। खानपानमा ख्याल गरेमा स्वास्थ्य लाभ प्राप्त हुनेछ।

कुम्भ : एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, त्यसैले परिश्रम र आरामको सन्तुलनमा ध्यान दिई पठनपाठनमा जुट्नुपर्छ, बहस वा तर्कवितर्कमा विजयी भइने छ । प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पद्र्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ । कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ ।

मीन : समय राम्रो छ। रमाइलो गर्ने दिन हो। लगानीको क्षेत्रबाट उत्साह बढ्नेछ। भ्रमण रोमाञ्चक हुनेछ। साथीसँगको भेटमा भने खर्च हुनसक्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति:March 21, 2024