सामाखुसी साहित्य समाजको ११८औँ कविता वाचन कार्यक्रम सम्पन्न

  Sampatti News

March 24, 2024

काठमाडाै‌ । नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमलाको प्रमुख आतिथ्यमा सामाखुसी साहित्य समाजले द्वैमासिकरूपमा सञ्चालन गर्दै आएको ११८औँ कविता वाचन कार्यक्रम सम्पन्न भएकाे छ । शनिबार सामाखुसी चोकस्थित श्वेता सदन विद्यालयमा
आयोजना गरेको थियाे ।

कार्यक्रमका प्रमुख अतिथि धमलाले वाचित कविताहरूमाथि टिप्पणी गर्दै साहित्यले समाजका आरोहअवरोहहरू बुझ्न जरुरी रहकेाे बताएका थिए । उनले साहित्य वर्गीय ,रैथाने चेतना ,पहिचान र सौन्दर्यसँग जोडिएको हुन्छ भन्ने विचार व्यक्त गर्दै कवितामा समाजका यस्तै कथाहरू प्रस्तुत हुन सक्नुपर्छ भन्ने धारणा राखे । उनले ‘भ्रम’ शीर्षकको कवितासमेत वाचन गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि कवि विनोद दाहाल वत्स,अतिथि कविहरू निर्मलरमण पराजुली, प्रमोद नेपाल, चन्द्रा न्यौपाने, लुमडीप्रसाद खनाल, माधव बिडारी, एच.के धिताल, वीरबहादुर लोहनी, राजेशमान केसीलगायतका कविहरूले आआफ्ना कविता वाचन गरेका थिए ।

यस कार्यक्रमको अध्यक्षता गरेका कवि डा.मेघराज ढकालले आफ्नो मनतव्यसहित कविता वाचन गरे ।यसैगरी कार्यक्रममा सामाखुसी साहित्य समाजका सचिव अरुणबहादुर खत्री नदीले स्वागत मनतव्यसहित केही टुक्का कवितासमेत वाचन गरेका थिए । यसैगरी आफ्नो कविता वाचनसहित कार्यक्रमको सञ्चालन कवि दिनेश थापाले गरेका थिए ।

प्रकाशित मिति:March 24, 2024