लिखु तामाकोशी गाउँपालिका पूर्व अध्यक्ष खड्कासहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

  Sampatti News

March 26, 2024

काठमाडौँ । रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्व अध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेकाे हाे। अदालतले उनीसहित अन्य पाँच जनालाई दोषी ठहर गरेको छ ।

दाेषी ठहर हुनेहरुमा राजु प्रसाद न्यौपाने, टंकप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामा रहेका छन् । अदालतले खड्कालाई १ करोड ९९ लाख जरिवाना र ६ महिना कैद सजाय सुनाइएको छ ।

न्यौपाने र चौलागाईलाई जनही ३ महिना कैद र ६३ लाख जरिवाना हुने भएको छ भने तामाङ र लामाको हकमा जनही ३ महिना कैद र रु ३१ लाख सजय हुने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय गर्दा भ्रष्टाचार भएको भन्दै २७ जनालाई मुद्दा चलाएकामा पाँच जना दोषी ठहर भएका हुन् । अन्य २२ जनाले भने सफाइ पाएका छन् ।

प्रकाशित मिति:March 26, 2024