शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश

  Sampatti News

March 26, 2024

काठमाडौँ ।आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको छ ।

कुटपिट र विद्युतीय कारोबारको मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेकी वाइबालाई अदालतले छोड्ने आदेश दिएको हो ।

केही समयअघि वाइबाले आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै म्याकुरीले महाराजगञ्ज प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि उनलालाई पक्राउ गरेकाे थियाे ।

प्रकाशित मिति:March 26, 2024