जसपाले तय गरेको प्रमुख पाँच कार्यभार

  Sampatti News

March 26, 2024

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको पाँच वटा मुख्य कार्यभार तय गरेको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट पार्टीका मुख्य कार्यभार गरेको छ । 

जसअनुसार जसपाले पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकतालाई मुख्य कार्यभार तय गरेको छ । यसैगरी सरकार, संसद र जनसंघर्षलाई पनि कार्यभार हुने गरी दस्ताबेजको मस्यौदा तयार गर्न लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

वैचारिक राजनीतिक काम, सङ्गठनात्मक काम, प्रचारात्मक कामसमेत कार्यभारको रुपमा समेटिएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ नेतृत्वको समितिले उक्त मस्यौदा तयार गर्ने जिम्मेवारी पाएको उनको भनाइ छ ।

प्रकाशित मिति:March 26, 2024