नेपालले आयरल्यान्ड ‘ए’ लाई १९९ रनको लक्ष्य

  Sampatti News

March 26, 2024

काठमाडौं । घरेलु टोली नेपालले दोस्रो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’लाई १९९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनायो ।

नेपालका गुल्सन झाले ३२ बलमा ४६ र कुशल मल्लले १३ बलमा ३४ रन जोडे त्यसतै रोहित पौडेलले २४ बलमा ३३ र कुशल भुर्तेलले १६ बलमा २५ रन जोडे, सन्दीप जोराले पनि १० बलमा २१ रन बनाए । गुल्सन र रोहितबीच चौथो विकेटका लागि ७१ रनको साझेदारी भएको थियो ।

नेपालका आसिफ शेख ११ र अनिल शाह १२ रन बनाएर आउट भए । विवेक यादव ७ रनमा अविजित रहे ।

यसअघि पहिलो खेलमा नेपाल सोमबार ६ विकेटले विजयी भएको थियो ।

प्रकाशित मिति:March 26, 2024