सत्ता गठबन्धन आफैँ झगडा गरेर समाप्त हुन्छ : प्रदीप पौडेल

  Sampatti News

March 26, 2024

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सत्ता गठबन्धन आफैँ झगडा गरेर समाप्त हुने दाबी गरेका छन् । काँग्रेसका लागि सत्ता र सरकार प्रमुख विषय नभएको पनि उनले बताए । मंगलवार काठमाडौंको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन स्थायी नहुने भएकाले कांग्रेसलाई फेरि मुलुकले सत्तामा पुर्‍याउने जिकिर समेत गरे । 

काँग्रेसलाई सत्ता प्रमुख हैन पर्खेर बसौँ काँग्रेसलाई यो देशले आफैँ सत्तामा पुर्‍याउँछ । अहिलेको यो गठबन्धन चिरञ्जीवी हुँदैन । उनीहरू आफैँ झगडा गरेर समाप्त हुनेछन् ।

नेपाली कांग्रेस सत्तामा जाँदै गर्दा किन जाने हो, के गर्न जाने हो, कुन कुन क्षेत्रमा कसरी काम गर्ने हो ? भन्ने कुरा प्रस्ट हुनुपर्छ । अहिले देखिएका बेथितिहरूको अन्त्य कसरी गर्ने हो ? त्यसको फेहरिस्त हामीसँग हुनुपर्छ । त्यसैले ब्लुप्रिन्ट तयार गर्नतिर लागौँ । नेपालको समृद्धि हामीले कसरी गर्दैछौं ? नेपालमा सुशासन हामीले कसरी कायम गर्दैछौं ? नेपालका तमाम शैक्षिक संस्थाहरू हामीले कसरी सुधार गर्दैछौं ? नेपालको स्वास्थ्य क्षेत्रमा सामान्य मानिसहरूको पहुँच कसरी स्थापित गर्दैछौं ? वैदशिक रोजगारीको यो बाध्यतालाई कसरी न्यूनीकरण गरेर लाँदैछौ ? यी तमाम विषयमा हामीले एउटा स्पष्ट दृष्टिकोण बनाएर अगाडि बढौँ ।

प्रकाशित मिति:March 26, 2024