यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

  Sampatti News

March 27, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया ९६ पैसा र बिक्री दर १३३ रुपैया ५६ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ ३१ पैसा र बिक्री दर १६९ रुपैयाँ ०७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४७ रुपैयाँ ५५ पैसा र बिक्री दर १४८ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १८ पैसा र बिक्री दर ८७ रुपैयाँ ५८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ४७ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ७९ रुपैयाँ पैसा र बिक्री दर ८ रुपैयाँ ८३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४२ पैसा र बिक्री दर १८ रुपैयाँ ५० पैसा रहेको छ ।

प्रकाशित मिति:March 27, 2024