पाल्पाकी १९ वर्षिय युवतीको घाँटी रेटेर हत्या

  Sampatti News

March 27, 2024

काठमाडाैं । पाल्पामा एक १९ वर्षिय युवतीलाई घाँटी रेटेर हत्या गरेको छ।

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा बीभत्स तरिकाले हत्या भएको अवस्थामा युवतीको शव फेला परेको हो। मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारीलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटीएको स्थानीयले बताएका छन्।

रिब्दीकोट गाउँपालिका वडा नं १ ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलकाअनुसार मृतक १९ वर्षीया पद्मा ख्याहा कराङ्दीका दल बहादुर र कमला सुनारकी छोरी हुन्।

दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव भेटिएको पोखरेलले जानकारी दिए।

उनको घाँटी र हातका औलाहरू काटिएका छन्, घटनास्थलको प्रकृती हेर्दा पद्मालाई जबरजस्ती गर्न खोज्दा बच्ने प्रयत्न गरेपछि हत्या भएको देखिन्छ। घटनाको अनुसन्धान भइरहेकोले हत्या कस्ले गरेको अहिले नै एकीन हुन नसकेको प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र चन्दले बताउनु भयो ।

प्रकाशित मिति:March 27, 2024