सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार

  Sampatti News

March 27, 2024

काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन प्रतितोला ३०० रुपैयाँले घटेको सुनको मूल्य आज भने ४०० बढेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २६ हजार २०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला १ हजार ४९० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति:March 27, 2024