आज बिहानैदेखि वर्षा, यस्ताे छ दिनभरकाे माैसम पूर्वानुमान

  Sampatti News

March 28, 2024

काठमाडाै । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा माैसम विज्ञान विभाग, माैमस पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार विहीबार विहानैदेखि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो  देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति:March 28, 2024