यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

  Sampatti News

March 28, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३3 रुपैया १० पैसा र बिक्री दर १३३ रुपैया ७० पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ १9 पैसा र बिक्री दर १४४ रुपैयाँ ८४ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ १९ पैसा र बिक्री दर १६८ रुपैयाँ ९४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४४ रुपैयाँ ९४ पैसा र बिक्री दर १४७ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८९ पैसा र बिक्री दर ८७ रुपैयाँ २८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ३७ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८१ पैसा र बिक्री दर ८ रुपैयाँ ८५ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४२ पैसा र बिक्री दर १८ रुपैयाँ ५० पैसा रहेको छ ।

प्रकाशित मिति:March 28, 2024