सकियो एमाले बागमतीको बैठक : १४ बुँदे प्रस्ताव पारित 

  Sampatti News Online

March 28, 2024

काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेश कमिटीको पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न दाेस्राे पूर्ण बैठकले १४ बुँदे प्रस्ताव पारित गरेको छ ।  प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षतामा बसेको बैठक १४ बुँदे प्रस्ताव पारित गर्दै सकिएको हो।

बैठकको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए। बैठकमा महासचिव शङ्कर पोखरेलले बागमती प्रदेशमा अहिले पार्टी निर्माणको सन्दर्भमा गर्नुपर्ने कामको विषयमा प्रशिक्षण दिएका थिए।

‘जनतामा छाएको निराशालाई चिर्दै भरोसा जगाउने वर्तमान संयुक्त सरकारले लिएको जुन सङ्कल्प छ, त्यसलाई साकार पार्न बैठक जोडदार माग गर्दछ,’ बैठकबाट पारित प्रस्तावको पहिलो बुँदामा भनिएको छ।

संस्थागत भ्रष्टाचार, बेथिति अन्त्य गरी सुशासन कायम गर्न सरकारसँग बैठकले माग गरेको छ ।  रुस र युक्रेन बिचको युद्धले नेपाली युवाको ज्यान  गइरहेकोले युद्धग्रस्त देशहरूमा नेपाली युवाहरूलाई जानबाट रोक लगाउन, गइसकेका युवालाई अविलम्ब फिर्ता गर्न, बेपत्ता युवाहरूको खोजी गर्न र युद्धमा ज्यान गुमाएकाको परिवारलाई क्षतिपूर्ति प्रदान गर्न बैठकले माग गरेको छ । युवा पलायन रोक्न देशमा गुणस्तरीय, व्यावसायिक, प्राविधिक र उत्पादनमुखी शिक्षा प्रदान गर्न बैठकले सरकारसँग माग गरेको छ ।  

यस्तै बैठकले युवा पलायन रोक्न नेपाल सरकारले गुणस्तरीय, व्यावसायिक, प्राविधिक र उत्पादनमुखी शिक्षा प्रदान गर्न सरकारसँग जोडदार माग गरेको लामाले बताइन्।

बैठकले महँगी र कालोबजारी तत्काल नियन्त्रण गर्न, परम्परागत सीपलाई संरक्षण र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै उक्त उत्पादनको प्रयोगमा विशेष जोड दिन र गुणस्तरहीन वस्तुहरूको आयातमा रोक लगाउन सरकारसँग जोडदार माग पनि गरेको छ।

प्रकाशित मिति:March 28, 2024