“जन्मदिनलाई सत्कर्ममा जोडौँ” अभियान बन्यो बेसाहरा बालबालिकाको साहरा

  Sampatti News Online

April 27, 2024

काठमाण्डौँ । रौतहटबाट सुरु गरिएको “जन्मदिनलाई सत्कर्ममा जोडौँ” अभियान नुवाकोट जिल्लाका बेसाहरा बालबालिकाहरुको साहरा बनेको छ ।

उक्त अभियान अन्तर्गत नुवाकोट जिल्लाको पंञ्चकन्या–१ सिमरा स्थित सत्य नारायण मन्दिरमा आश्रय लिएर बसेका बुवाआमा गुमाएका (बेसाहरा) तथा अविभावकको पत्तो नभएका २४ जना बालबालिकाहरुको साहरा बनेको हो ।

उनीहरुका लागि ११ बोरा चामल २ बोरा चिउरा १ बोरा मस्यौरा सोयबिन, १ कार्टुन स्याउ, ११ किलो चिनी, १ कार्टुन खाने तेल, नुनलगायतका खाद्यवस्तु उपलब्ध गराईएको छ ।

उक्त अभियानको कार्यक्रमको प्रमुख आथित्यता गरेका नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले यस अभियानमा सहभागी  हुने अवसर प्राप्त भएकोप्रति खुसी ब्यक्त गर्दै नेपालीहरुले आ–आफ्नो जन्मदिनमा एक–एक बिरुवा रोप्नु पर्ने सन्देश समाजमा फैलाउनु सार्हैनै सकारात्मक कुरा भएको बताए । बिरुवा रोपेर मात्र नहुने यसको संरक्षण पनि गरिनु त्यतिनै आवश्यकक्ता रहेको बताए । अबको नेपाली समाजलाई सभ्यता अनुसार अगाडी बढाउन सत्कर्म आवश्यक रहेको पनि बताए । आयोजक संस्थाका अध्यक्ष तथा अभियानका संयोजक गोबिन्द चौलागाईप्रति आभार प्रकट गर्दे यो अभियानलाई देशका सम्पुर्ण भागमा पुर्याउनु पर्ने  पनि उनको जोड थियो । प्रमुख जिल्ला अधिकारी अधिकारीले भने यो अभियान रोकिनु् हुन्न, बिशुद्ध सामाजिक भावका साथ अगाडी बढेको यो अभियानले समाज रुपान्तरणमा ठूलो योगदान पुग्ने महसुस भयो ।

तराई बिकास तथा संञ्चार केन्द्र नेपालका अध्यक्ष तथा अभियानका संयोजक गोबिन्दप्रसाद चौलागाईंले कार्यक्रममा सहभागी सबैले आ–आफ्नो जन्मदिन सम्झिएर बालबालिकाहरु सहित संयुक्तरुपमा अमला, अम्बा, कटर र फुलका बिरुवाहरुको समेत रोपण गरिएको बताएका छन् । कार्यक्रममा उपस्थित सबैले यो अभियानमा एक्यवद्धता जनाउँदै बृक्षारोपण गरी बेसाहरा बालबालिकाहरुसंगै भोजन गरिएको पनि उनले बताए । उनले यस अभियानलाई बिश्वभर फैलाउन हरेक संघसंस्थाका कर्मचारी, पत्रकार तथा समाजका अगुवा सबैजनाले आ–आफ्नो क्षेत्रबाट अगाडी लागि पर्न आग्रह गरे ।

अध्यक्ष चौलागाईले जन्मदिनलाई सत्कर्मसँग जोडेर परिबेश अनुसार फरक–फरक कार्यक्रमहरु गरेर यो अभियानलाई अगाडी बढाउने बताउदै भने “यो नेपालकै नौलो सामुहिक अभियान हो । यो अभियान एउटा बृक्षारोपणसंग मात्र सम्बन्धित नभएर हरेक क्षेत्रहरुसंग सम्बन्धित रहेको छ । खासगरी बेसाहराको साहार बन्ने हिसाबले हामी यो अभियान अन्तर्गत अगाडी बढिरहेका छौँ । आम नेपाली नागरीकको सहयोगी भावनालाई उजार गर्नका निम्ती हामीले यो अभियानको आयोजना गरेका छौँ ।

कार्यक्रममा पन्चकन्या गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष माहानन्द ढकालले वर्तमान समाजमा भईरहेका नकारात्मक क्रियाकलापहरुलाई हटाउदै सभ्य समाज निर्माण गर्न जन्मदिनको अवसरमा सत्कर्मको थालनी गरिनुपर्ने बताए । उनले यो अभियान निकै स्वागत योग्य रहेको छ भन्दै आयोजकप्रती कृतज्ञता प्रकट गरे । उनले बिद्यार्थीहरुको जन्मदिनलाई सार्वजनिक स्थलमा फुलहरु रोपाएर वर्थडे पार्क निर्माण गर्न यस कार्यक्रमबाट प्रेरणा मिलेको बताए ।

कार्यक्रममा समाजसेबी तथा भरत लामिछाने स्मृती प्रतिस्ठानका अध्यक्ष केपी लामिछानेले मन्तब्य राख्ने क्रममा बालबालिकाहरुलाई स्कुलब्याग उपलब्ध गराउने घोषणा गरे भने शसस्त्र प्रहरी नुवाकोटका प्रमुख खड्काले आश्रित बालबालिकाको अध्ययनका निम्ति स्टेशनरी खर्च वाफत नगद ५ हजार समेत उपलब्ध गराएका थिए । प्रमुख जिल्ला अधिकारी अधिकारी सहित कार्यक्रममा उपस्थित सबैले अनाथ बालबालिकाहरुसंग भोजन गरेर दुःख सुख आदान प्रदान गरेका थिए । कार्यक्रममा बालबालिकाहरुको स्वास्थ्य अवस्थाप्रति पनि चाँसो राखिएको थियो ।

यसैगरी, नुवाकोट डिभिजनल बन कार्यलयका बन अधिकृत रोशना पोख्रेलले कार्यक्रममा सहभागी भएर आफुले यो अभियानसंग जोडिएर आफ्नो तर्फबाट बिरुवा रोपण गर्न पाउदा ज्यादै हर्षित भएको बताउदै बिरुवा कसरी रोप्ने र यसको संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारेपनि जानकारी गराएकी थिईन् ।

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, प्रहरी उपरीक्षक शान्तिराम कोइराला, सशस्त्र प्रहरी प्रमुख जगन्नाथ खड्का, राष्ट्रिय अनुसन्धान कार्यालय नुवाकोटका  प्रमुख लक्ष्मी पौडेल, डिभिजनल बन कार्यलयका अधिकृत वन अधिकृत रोशना पोखरेल, समाजसेवी केपी लामिछाने प्रतिस्ठानका अध्यक्ष, पंञ्चकन्या–१ वडा अध्यक्ष महानन्द ढकाल, उक्त अभियानका मनोज थापा, दुर्गा चौलागाईं, अभियानका ललितपुर जिल्ला संयोजक एलिजा लामिछाने, पत्रकार हेमराज जोशी लगायत बिभिन्न कार्यलयका प्रमुख एवम् प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

मन्दिरमा आश्रय लिएर बसेका स–साना बालबालिकाहरुका लागि खाद्यबस्तुको निकै अभाव रहेको थियो । प्रायः जसो गाउघरमा मागेर ल्याएको खुवाउने गरेपनि आजभोलि कयौँ दिन एक छाक मात्रै खुवाउनु पर्ने बाध्यता रहेको र यो अभियानले उक्त बालबालिकाहरुको लागि केहि राहत पुग्ने अपेक्षा सहित खरानिटारका नारायण कडेलले केहीदिन अगाडि आयोजक संस्थाका अध्यक्ष तथा यो अभियानका संयोजक चौलागाई जानकारी गराएका थिए । सोही बमोजिम आज काठमाडौका फरक क्षमताका पबन अग्रवालको जन्मदिनमा तिनै बालबालिकाको निम्ति उक्त खाद्यवस्तु यस कार्यक्रम मार्फत अग्रवालले हस्तान्तरण गराएका हुन् ।

नुवाकोटमा पनि आजदेखि उक्त अभियानको सुरुवात समेत भएको छ । यो अभियानलाई सुचारु गर्ने जिम्मेवारी नारायणप्रसाद कडेललाई तोकिएको आयोजक संस्थाले बताएको छ । यसअघि काठमाण्डौँको तिनकुने देशकै प्रमुख धार्मिक स्थल तथा पर्यटकीय स्थल पशुपतिनाथ मन्दिर स्थित मृगस्थली श्लेसमानतक बनमा नेपाल सरकारका गृहसचिव एकनारायण अर्यालको प्रमुख आथित्यतामा बृक्षारोपण कार्यक्रम गरिएको थियो ।


प्रकाशित मिति:April 27, 2024