नेपाली सेनाका डेढ दर्जन अधिकृतहरुको सरुवा

  Sampatti News Online

March 31, 2024

काठमाडौं। नेपाली सेनाले प्रमुख सेनानीसहितका अधिकृतहरुलाई केही दिन अघि काज नियुक्ति (पदस्थापन) र सरुवा गरेका छन्।

प्राप्त जानकारी अनुसार सैनिक प्रहरी गणका प्रमुख सेनानी दिनेश गौतमलाई नेपाली सैनिक वार कलेजमा लगिएको छ।मध्यपश्चिम पृतना हेडक्वार्टरका प्रमुख सेनानी सुभाषचन्द महत सैनिक कमाण्ड तथा स्टाफ कलेज पुगेकाे छ।

सेनानी विशालबहादुर शाहको सैनिक प्रहरी गणमा सरुवा भएको छ। अनुशासनहीन सैनिकहरुलाई पक्राउ गरेर थुन्ने सैनिक प्रहरी गण (मिलिटरी पुलिस) मा उनी आइपुगेका हुन्। यसअघि गुणस्तर नियन्त्रण महाशाखामा कार्यरत थिए। सैनिक प्रतिष्ठानका सहसेनानी भीमसेन देवकोटालाई सुरक्षा तथा समारोह व्यवस्था सचिवालय, प्रधानमन्त्रीको कार्यालय, भगवतीदल गणका सहसेनानी भीमबहादुर भुजेललाई सैनिक उच्च शिखर शिक्षालयमा लगिएको छ।

चरक (गुप्तचर) बाहिनीका सहसेनानी कृष्णबहादुर थापा सैनिक इण्टेलिजेन्स शिक्षालयमा काज नियुक्ति भएका छन्। प्रधानसेनापतिको कार्यालयमा सहसेनानी राजु श्रेष्ठ आएका छन्। उनी युद्धभैरव गणमा थिए।

गुरुबक्स गुल्मका सहसेनानी सरोज कोइराला,महावीर गण (रेञ्जर) का सहसेनानी अरुण थापा र कालीभञ्जन गण (ई) का सहसेनानी शिखा गुरुङको नेपाली सैनिक प्रतिष्ठानमा पदस्थापन गरिएको छ। नम्बर ६ युद्धकवच गुल्मका सहसेनानी अमिर मोक्तान, नम्बर १५ बाहिनी अड्डाका क्याप्टेन गोविन्द थापा र नम्बर १ राजदल गणका सहसेनानी सुशान्तसिंह भण्डारीको पदस्थापन पनि प्रतिष्ठानमै भएको छ।

सहसेनानी अस्मित सिल्वाल,राजु श्रेष्ठ, डा.अविन अधिकारीलाई सैनिक उच्च शिखर शिक्षालयमा लगिएको छ। उनीहरु भैरववाहन गुल्म, भैरवदल गण,वीरेन्द्र अस्पतालमा कार्यरत थिए । पशुपतिप्रसाद गणका उपसेनानी प्रशान्त फडेराको नेपाली सैनिक व्याटल स्कूलमा सरुवा भएको छ। नेपाली सेनाले एकै पटक उनीहरुको सरुवा गरेको हो।

प्रकाशित मिति:March 31, 2024