नागरिक उन्मुक्ति पार्टीका दुई समूहकाे नेताहरूबीच हात हालाहाल

  Sampatti News Online

April 1, 2024

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेताहरुबीच सोमबार बैठकस्थलमै हात हालाहाल भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो ।

बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा बस्नुपर्ने अडानमा छन् । सोही क्रममा रञ्जिता पक्षधर टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको स्रोतले बतायो ।

निर्वाचन आयोगले नागरिक उन्मुक्तिको अध्यक्षमा रेशमलाई मान्यता नदिएपछि सो पार्टी विभाजनको संघारमा पुगेको छ । पछिल्लो समय संस्थापक २१ जना केन्द्रीय सदस्यहरूको बैठक बस्ने गरेको छ । रेशम पक्ष सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ । रन्जिता पक्ष भने त्यसको विपक्षमा छ ।

प्रकाशित मिति:April 1, 2024