एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

  Sampatti News Online

April 1, 2024

हेटौंडा । बागमतीमा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ ।

विश्वासको मत दिन सरकारमा आलोपालोको शर्त राखेको एकीकृत समाजवादीले सोमबार केन्द्रमा सहमति भएपछि विश्वासको मत दिने भएको हो । एकीकृत समाजवादी बागमती प्रदेशसभा संसदीय दलका नेता कृष्णप्रसाद खनालले अहिलेलाई विश्वासको मत दिने बताए ।

सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई प्रदेशसभाका ५६ सदस्यको मत आवश्यक पर्छ । 

प्रदेशसभामा ११० सदस्य रहेका छन् । बागमती प्रदेशसभामा सत्तापक्षबाट नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् भने प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाको ३ सदस्य रहेका छन् ।

 बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

प्रकाशित मिति:April 1, 2024