केजरीवाललाई १५ दिन न्यायिक हिरासतमा राख्न आदेश

  Sampatti News Online

April 1, 2024

काठमाडौँ । भारतीय अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ ।

दिल्लीको राउज रेभिन्यू अदालतले सोमबार यस्तो आदेश दिएको हो। यसअघि अरविन्द केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए। ईडीले अदालतमा केजरीवालले सोधपुछ गर्दा सहयोग नगरेको र मोबाइलको पासवर्डसमेत नदिएको बताएको थियो।

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई मदिरासम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) ले २१ मार्चमा गिरफ्तार गरेको थियो ।

प्रकाशित मिति:April 1, 2024