विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक, यी हुन् ‘टप २०’ अर्बपतिहरु

  Sampatti News

April 3, 2024

काठमाडाै । विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक भएको छ । अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको हाे ।

नयाँ सूची अनुसार सर्वाधिक अर्बपति भएको देशका रुपमा अमेरिका पहिलो स्थानमा कायमै छ । अमेरिकामा अर्बपतिहरुको संख्या ८ सय १३ जना रहेको छ । त्यस्तै दोस्रो स्थानमा चीन रहेकाे छ । चीनमा ४ सय ७३ जना अर्बपति रहेका छन् ।

त्यस्तै तेस्रो स्थानमा भारत रहेका छन् ।

नेपालका डलर अर्बपति विश्वका अर्बपतिहरुको सूचीमा १ हजार ७ सय ६४ औं स्थानमा छन् । विनोद चौधरी कूल १ अर्ब ८ करोड अमेरिकी डलर सम्पत्ति छ ।

फोर्ब्सको सूची अनुसार विश्वका शीर्ष २० अर्बपति यी हुन् :

१. बर्नार्ड आर्नल्ट

लुइस भिटन तथा सेफोरा लगायतका फेसन तथा कस्मेटिक ब्राण्डका मालिक बर्नार्ड आर्नल्ट यो वर्षपनि विश्वको सर्वाधिक धनी व्यक्तिको सूचीमा परेका छन् । यी फ्रेन्च अर्बपतिको सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ ।

२. एलन मस्क

एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्कको कूल सम्पत्ति १ खर्ब ९५ अर्ब छ ।

३. जेफ बेजोस

अमेजनका संस्थापक बेजोसको सम्पत्ति १ खर्ब ९४ अर्ब डलर छ ।

४. मार्क जुकरबर्ग

फेसबुकका संस्थापक जुकरबर्गको सम्पत्ति १ खर्ब ७७ अर्ब छ ।

५. ल्यारी इलिसन

ओरेकलका संस्थापक इलिसनको कूल सम्पत्ति १ खर्ब ४१ अर्ब छ ।

६. वारेन बफे

वित्त तथा लगानी क्षेत्रका टाइकुन वारेन बफेटको सम्पत्ति १ खर्ब ३३ अर्ब डलर छ ।

७. बिल गेट्स

माइक्रोसफ्टका संस्थापक बिल गेट्सको कूल सम्पत्ति १ खर्ब २८ अर्ब डलर छ ।

८. स्टिभ बाल्मर

माइक्रोसफ्टका पूर्व सिइओ बाल्मरको कूल सम्पत्ति १ खर्ब २१ अर्ब डलर छ ।

९. मुकेश अम्बानी

टपटेन अर्बपति भित्र पर्न सफल भारतीय उद्यमी अम्बानी एसियाका सबैभन्दा धनी व्यक्ति पनि हुन् । रिलायन्स कम्पनीका मालिक समेत रहेका उनको सम्पत्ति १ खर्ब १६ अर्ब डलर छ ।

१०. ल्यारी पेज

गुगलका संस्थापक ल्यारी पेजको कूल सम्पत्ति १ खर्ब १४ अर्ब डलर रहेको छ ।

११. सर्गेइ ब्रिन

गुगलका सह संस्थापक रहेका ब्रिनको कूल सम्पत्ति १ खर्ब १० अर्ब डलर छ ।

१२. माइकल ब्लुम्बर्ग

वित्त तथा लगानी क्षेत्रका अर्बपति ब्लुम्बर्गको कूल सम्पत्ति १ खर्ब ६अर्ब डलर रहेको छ ।

१३. अमान्सियो ओर्टेगा

स्पेनका फेसन तथा रिटेल क्षेत्रका अबृपति ओर्टेगाको कूल सम्पत्ति १ खर्ब ३ अर्ब डलर छ ।

१४. कार्लोस स्लिम हेलु

ल्याटिन अमेरिका क्षेत्रको सबैभन्दा ठूलो टेलिकम कम्पनी अमेरिका मोविलका मालिक रहेका मेक्सिकन अर्बपति कार्लोस स्लिम हेलुको कूल सम्पत्ति १ खर्ब २ अर्ब डलर छ ।

१५. फ्रान्कोइस बेटेनकोर्ट मेयेर्स

एल ओरियल ब्राण्डका मालिक रहेका फ्रेन्च अर्बपति मेयेर्सको सम्पत्ति ९९ अर्ब ५० करोड डलर छ ।

१६. माइकल डेल

डेल टेक्नोलोजी कम्पनीका अध्यक्ष तथा सीईओ रहेका माइकल डेलको सम्पत्ति
९१ अर्ब डलर छ।

१७. गौतम अडानी

भारतीय अर्बपति गौतम अडानी चर्चित अडानी ग्रुपका अध्यक्ष हुन् । उनको कूल सम्पत्ति ८४ अर्ब डलर छ ।

१८. जिम वाल्टन

फेसन तथा रिटेल क्षेत्रका अर्बपति वाल्टनको कूल सम्पत्ति ७८ अर्ब ४० करोड डलर छ ।

१९. रब वाल्टन

वालमार्टका संस्थापक साम वाल्टनका जेठा छोरा रब वाल्टनको कूल सम्पत्ति ७७ अर्ब ४० करोड डलर छ ।

२०. जेन्सेन हुआंग

ग्राफिक्स चिप मेकर कम्पनी एनभिडियाका संस्थापक तथा सीईओ रहेका जेन्सेनको कूल सम्पत्ति ७७ अर्ब डलर छ । एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति:April 3, 2024