स्मिताको नयाँ गीत ‘जाली रुमाल’ सार्वजनिक

  Sampatti News

April 14, 2024

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ गीत लुकाउने ठाउँ छैन ‘जाली रुमाल’ शनिबार सार्वजनिक भएको छ ।

सरोज ओलीको शब्द, दीपक शर्माको सङ्गीत र रिकेश गुरुङले संयोजन गर्नुभएको गीतको श्रव्यदृश्यको निर्देशन गम्भीर विष्टले गरेका छन् । श्रव्यदृश्यमा प्रियङ्का कार्की, आयुष्मान देशराज जोशी र सरोज ओलीले अभिनय गरेका छन् ।

टि इन्टरटेन्मेन्टले आज ‘युट्युब’मार्फत सार्वजनिक गरेको उक्त गीतको छायाँकन नवराज उप्रेतीले गरेका हुन् ।

प्रकाशित मिति:April 14, 2024