इरानले सुरु गर्‍यो इजरायलमाथि ड्रोन हमला

  Sampatti News Online

April 14, 2024

एजेन्सी–इरानले इजरायलमाथि ड्रोन तथा मिसाइल आक्रमण गरेको छ । सिरियास्थित वाणिज्य दूतावासमा इजरायली आक्रमणको प्रतिकारस्वरुप यो आक्रमण गरिएको इजरायलले जनाएको छ ।

सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले बताएको छ।

इजरायली च्यानल १२ ले इरानले ड्रोन आक्रमण गरेको जनाएको छ। इरानले प्रहार गरेका केही ड्रोनहरू सिरिया र जोर्डनमा खसालिएको बताइएको छ। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुट्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको कडा निन्दा गरेका छन्।

प्रकाशित मिति:April 14, 2024