दाङः माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

  Sampatti News Online

April 15, 2024

दाङ । दाङमा माटोको ढिस्कोले पुरिएर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर ९ आन्द्राभरैयाका १२ वर्षका आषिश चौधरी र १२ वर्षकै माधव चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

आन्द्राभरैयाका चार जना बालक बबई नदीको किनारमा खेल्न गएका बेलामा उनीहरु माटोको ढिस्कोमा पुरिएका प्रहरीले बताएको छ । आईतबार दिउँसो खेल्न गएकामध्ये तीन जना खाल्डोमा परेपछि एकजना बालकको उद्धार गरिए पनि अरु दुईजना गहिरो खाल्डोमा पुरिएका थिए ।

खाल्डो किन खनिएको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति:April 15, 2024