भारी अंकले घट्यो नेप्से, लेभलमा कारोबार

  Sampatti News Online

April 15, 2024

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेर बन्द भएको छ ।

सोमबार नेप्से परिसूचक १६.८२ अंक घटेर २००६.५२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक घटेको छ।

  नेप्सेमा आज २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५२ वटाको बढेको छ भने १८४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।        

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा माछापुच्छ्रे बैंकको डिभेञ्चर र मेन्छियम हाइड्रोपावर लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक ७ प्रतिशतले बढेको छ ।   

आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र दोल्पी पावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिवाईसि नेपाल लघुवित्तको साढे ७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सानिमा माई हाइड्रोपावरको करिब ७ करोडको शेयर कारोबार भएको छ।      

प्रकाशित मिति:April 15, 2024