नेपाल प्रहरीका डिआइजीपी एआईजीमा बढुवा सिफारिस

  Sampatti News

April 16, 2024

काठमाडौँ । नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक(डिआइजीपी) प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समिति सचिवालयले सोमबार उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।

गृह सचिवको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव र प्रहरी महानिरीक्षक(आइजिपी) सदस्य सचिव रहेको समितिले उमेश राज जोशी र भिम प्रसाद ढकाललाई बढुवा गर्न सिफारिस गरेको हो । जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र ढकाल नेपाल प्रहरी प्रधान कार्यालयको आइजिपी सचिवालयमा कार्यरत छन् ।

प्रकाशित मिति:April 16, 2024