झुलाघाट नाका ७२ घण्टा बन्द

  Sampatti News Online

April 16, 2024

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजबाट बन्द हुने भएको छ । झुलाघाट नाका आजबाट ७२ घण्टाका लागि बन्द हुने भएको हो ।

भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै आजबाट सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । अप्रिल १९ तारिख अर्थात वैशाख ७ गते उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म ७२ घण्टा झुलाघाट नाका बन्द रहने प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

सुरक्षा संवेदनशीलताको कारण नाका बन्द हुन लागेको हो । सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति:April 16, 2024