३४ जना शाखा अधिकृतको एकैचोटी उपसचिवमा बढुवा

  Sampatti News Online

April 16, 2024

काठमाडौं । ३४ जना शाखा अधिकृतहरुको एकैचोटी उपसचिवमा बढुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो ।

तृतीय श्रेणीका अधिकृतहरुको द्वितीय श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले बढुवा भएका उपसचिवहरुलाई ५ दिने अभिुमखकीरण पनि दिने छ । उनीहरूको पदस्थापनको निर्णय पनि भइसकेको छ ।

त्यसका लागि मन्त्रालयले मंगलबार नेपाल प्रशासनिक प्रशक्षिण प्रतिष्ठानमा बढुवा भएकाहरुको सूस्चीसहित पत्राचार गरेको छ ।

प्रकाशित मिति:April 16, 2024