डोल्पाका तत्कालीन कार्यालय प्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा

  Sampatti News Online

April 16, 2024

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

ठूलीभेरी नगरपालिका-३ दुनै, डोल्पामा खेलकुद मैदान निर्माणको लागि कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको अख्तियारको दाबी छ ।

आयोगले सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख आचार्य, सव-इञ्जिनियर मोतीप्रसाद बुढा, उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध रु ९ लाख ९३ हजार नौ सय ४० बराबरको बिगो दावी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

खेल मैदान निर्माणका क्रममा २०७६-०७७ मा लागत अनुमान र सम्झौता उल्लिखित कामभन्दा फिल्डमा भएको कामभन्दा बढी झुट्टा बिल भरपाई बनाइ गैरकानुनी लाभ र हानी पुर्‍याउने बदनियतले भुक्तानी दिने/लिने काम गरी भ्रष्टाचार गरेको पुष्टि भएको बताए ।

प्रकाशित मिति:April 16, 2024