बिपिनका पिता हारगुहार गर्दै गृह मन्त्रालयसम्म, भेटेनन् गृहमन्त्रीले

  Sampatti News Online

April 16, 2024


काठमाडौँ । सर्वसाधारण जनताको निम्ति आफ्नो समस्या राख्न सिंहदरबार प्रवेश लोकतान्त्रिक ब्यबस्थामा पनि सहज हुन सकेको छैन । कुनै माध्यमबाट प्रक्रिया पुरा गरि भित्र छिर्न पाए पनि गृह मन्त्रालय भित्र प्रवेश गर्न भने सकृय राजतन्त्र भन्दा कडाइ गरिएको गुनासो पोख्न जानेहरूको भोगाइ छ ।
आफ्नो छोराको पिडा पोख्न सोमबार गृह मन्त्रालय पुगेका सुदुरपश्चिमका एक नागरिकको भोगाइले गृह मन्त्रालयको झल्को पाइएको बताइएको छ ।
समाचार श्रोतका अनुसार इजरायलमा हमासको कब्जामा परेका बिपिन जोशिका पिता महानन्द जोशी आफ्नो छोरा बिपिनको न्यायको निम्ति गृहमन्त्रालय धाइरहेका छ्न । गृहमन्त्री रबि लामिछानेलाई भेट्न आएका उनले झन्डै ६ घन्टा कुर्दा समेत भेटन पाएनन् । मन्त्रीको प्रतीक्षा गरिरहेका उनले सचिवालयको राम्रो व्यबहार नहुदा पिडा बोकेरै भएपनि अन्तिम सम्म धर्य गरे तर गृहमन्त्री लामिछानेले भेटन भने पाएनन् ।
हमासको कब्जामा परेका बिपिनको अझैसम्म अत्तोपत्तो नभएको पिता महानन्दले सम्पत्ति न्युजलालाई बताए । सुरक्षाको दृष्टिकोणलाई ध्यानाकर्षित हुँदै आवतजावत लाई कडाइ गरिएको बताइए पनि समस्या लिने नागरिकलाई न त राम्रो सग बस्ने ब्यबस्थापन छ न त कुनै समस्या समाधानका पहल कदमी लिने कार्ययोजना जसले गर्दा गृहका कार्ययोजनामा परिपक्कता कहिले आउला भन्ने प्रश्न समेत उठेको छ । प्रायोजक बनाएर जतिसुकै संचारमाध्यममा जे जस्ता सुधारका गफ बाहिए पनि नागरिकको तहमा हुने सेवा प्रवाहमा भिन्नता आउन नसकेको बताइएको छ ।
विपीनलाई हमास समूहले कब्जामा लिएको भनिए पनि उनको हालको अवस्थाबारे यकिन जानकारी भने कतैबाट आएको छैन । हमास समूह स्वयंले आफूसँग बन्धक रहेको कुरा स्वीकार नगर्दासम्म उनको अवस्था यकिन नहुने प्रस्ट छ । यसरी विपीनको अवस्था महिना दिनसम्म अज्ञात रहँदा आफन्तजन मात्र नभई नेपाल सरकारका तर्फबाट पनि विभिन्न पक्षहरूसँग उनको अवस्था जानकारी लिन हारगुहार चलिरहेको छ । नेपाली विद्यार्थीको कुरा सुनेलगत्तै परराष्ट्रमन्त्री एनपी साउदले जोशीको अवस्थाबारे पत्ता लगाइदिन अन्तर्राष्ट्रिय कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय रेडक्रस (आइसिआरसी), अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थासँग अपिल गरेका थिए । यस्तै परराष्ट्र मन्त्रालयले समेत सहयोगको आह्वान गरेको थियो ।
नेपालमा रोजगारी नपाएर प्रदेशिने प्रत्तेक घरपरिवार बिच घरघरका कहानी बन्दै पछिल्ला दिनहरुमा मानसिक रुपमा तनाव लिएर बस्नुपर्ने अवस्था सृजना यो घटनाले गराएको छ । पद र कुर्सी नपाउन्जेलसम्म केही गर्छु भन्नेहरुका निम्ती गृहबाट भएका ब्यवहारले आम नागरीकलाई झस्काएको छ ।
आफ्नो योग्यता र क्षमता बमोजिमको रोजगारी नेपालमा नपाईने भएपछि यहाँका अधिकांश युवाहरु दिन–प्रतिदिन बैदेशिक रोजगारीको लागि निस्कने गरेका छन् ।

प्रकाशित मिति:April 16, 2024