२७२ किलो गाँजासहित कन्टेनर र चालक नियन्त्रणमा

  Sampatti News Online

April 16, 2024

काठमाडौं । २७२ किलो गाँजासहित सशस्त्र प्रहरी बलले एउटा कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्ड अन्तर्गत बाइपास इलाकाबाट २७२ किलो ३३ ग्राम गाँजासहित एउटा कन्टेनर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई जाँच गर्दा गाँजा फेला परेको हो ।

नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको कमाण्डमा खटिएको टोलीले गाँजा फेला पारेपछि कन्टेनर र भारत घर भएका ३६ वर्षीय चालक सतनम सिंहलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका सिंहलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ।

प्रकाशित मिति:April 16, 2024