काठमाडौंका यी क्षेत्रमा आगामी चार दिन दैनिक ६ घण्टा लोडसेडिङ

  Sampatti News

April 17, 2024

काठमाडौं । काठमाडौंका केही क्षेत्रमा आगामी चार दिन दैनिक ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेजस्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) परिवर्तन गर्न लागिएकाले मंगलबारदेखि आगामी शुक्रबारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।

विद्युत् आपूर्ति बन्द हुने क्षेत्रमा सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भ–याङ, ठूलो भन्याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुङ्गेधारा, क्लब घर र तरकारी बजार रहेका छन् ।

प्राधिकरणले एक सूचना जारी गरी आगामी चार दिन दैनिक ६ घण्टा यी क्षेत्रको विद्युत् आपूर्ति प्रभावित हुने जनाएको छ ।

प्रकाशित मिति:April 17, 2024