प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीको भेटवार्ता

  Sampatti News Online

April 17, 2024


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान भएको भेटमा गण्डकी सरकारको पूर्णता तथा त्यहाँको विषयका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीका सचिवालय सदस्य मनहरि तिमिल्सिनाका अनुसार समसामयिक विषयमा छलफल भएको हो । गण्डकी प्रदेशको विकास निर्माण तथा सरकारका विषयमा सामान्य छलफल भएको उनले बताए। अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गत चैत २५ गते नियुक्त हुनुभएको थियो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, “सम्माननीय प्रधानमन्त्रीज्यूसँग गण्डकी प्रदेशको समग्र विकासका बारेमा केन्द्र सरकारले गर्नुपर्ने सहयोगका सबै पक्षहरूमा छलफल भयो र उनले सकारात्मक रूपमा लिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।”

मुख्यमन्त्री अधिकारीविरुद्ध प्रतिपक्षी दलले सर्वोच्चमा रिट दायर गरेका छन् । सर्वोच्चको सुनुवाइ अघि उहाँले विश्वासको मत लिने तयारी गर्नुभएको छ । मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषद् विस्तार पनि गर्न सक्नुभएको छैन ।

प्रकाशित मिति:April 17, 2024