बार्सिलोनालाई हराउँदै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

  Sampatti News Online

April 17, 2024

एजेन्सी । अवे मैदानमा ३-२ को जित निकालेको बार्सिलोना घरेलु मैदानमा फराकिलो हार भोग्दा च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ। मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोना पेरिस सेन्ट जर्मेइन (पिएसजी) सँग ४-१ ले पराजित हुँदै समग्रमा ६-४ पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरियो।

घरेलु दर्शकमाझ बार्सिलोनाले खेलको १२ औं मिनेटमा राफिन्होको गोलमार्फत् अग्रता लिएको थियो। तर पहिलो हाफमै १० खेलाडीमा समेटिन पुगेको बार्सिलोनाले त्यसपछि भने लय गुमायो। पहिलो लेगमा ३-२ ले पछि परेको पिएसजीले सानदार पुनरागमन गर्ने क्रममा ओसमन डेम्बेलेको गोलमार्फत् ४० औं मिनेटमा बराबरी गर्‍याे। त्यसपछि दोस्रो हाफमा पिएसजीले थप तीन गोल गर्दै सहज जित हासिल गर्‍याे।

भिटिन्हाले ५४ औं मिनेटमा टिमलाई २-१ को अग्रता दिलाउँदा एम्बाप्पेले पेनाल्टीमा ६१ औं मिनेटमा टोलीलाई ३-१ को अवस्थामा पुर्‍याए। टिमका लागि चौंथो गोल ८९ औं मिनेटमा गरेका थिए। अब पिएसजीले फाइनल प्रवेशका लागि जर्मन क्लब बौउरुसिया डर्टमुन्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति:April 17, 2024