एसीसी प्रिमियर कपमा नेपालको चौथो जित

  Sampatti News Online

April 17, 2024

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएको छ । साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ७.२ ओभरमै पूरा गरेको हो ।

नेपालको जितमा गुल्सन झाले ३२ रन, कप्तान रोहित पौडेलले १६ रन तथा दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए । साउदी अरेबियाका लागि इश्तियाक अहमदले २ तथा वाजी उल हसन र उस्मान नजिबले १-१ विकेट हात पारे ।

टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन बनाएको थिोथ । उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए थिए । उनले १६ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएन ।

नेपालका लागि करन केसी र अभिनाश बोहोराले दुईरदुई विकेट लिए भने प्रतीस जिसी र ललित राजवंशीले एक÷एक विकेट लिए थिए।

समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको छ ।

प्रकाशित मिति:April 17, 2024