बैंकहरूको नाफा १३ प्रतिशतभन्दा बढीले घट्यो

  Sampatti News Online

April 19, 2024

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म धेरै वाणिज्य बैंकहरूको नाफा घटेको छ । अघिल्लो वर्ष यही अवधिको तुलनामा यस वर्ष १३ प्रतिशतभन्दा बढीले नाफा घटेको हो ।

आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य बैंकहरूको खुद नाफा ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ थियो । यस वर्षको साउनदेखि चैतसम्म बैंकहरूले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँमात्र नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकको नाफा घटेको छ भने सात वटा बैंकको नाफा भने केही बढेको छ ।

सबैभन्दा धेरै नाफा बढ्नेमा कृषि विकास बैंक रहेको छ । यस बैंकको खुद नाफा ९७ दशमलव २२ प्रतिशतले बढेर २ अर्ब ५ करोड ३१ लाख ६६ हजार पुगेको छ । यसैगरी समीक्षा अवधिमा लक्ष्मी सनराइज, प्राइम कमर्सियल, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा र एभरेस्ट बैंकले पनि नाफा बढाएका छन् ।

सबैभन्दा धेरै नाफा घट्नेमा नेपाल बैंक रहेको छ । यसको नाफा ९२ दशमलव ६८ प्रतिशतले घटेर १३ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ ।

यस्तै चैतको अन्त्यसम्ममा सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । दोस्रोमा ग्लोबल आईएमई बैंकले ३ अर्ब ३० करोड नाफा कमाएको छ ।

प्रकाशित मिति:April 19, 2024