नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)

  Sampatti News Online

April 19, 2024

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । 

भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै जङ्गी अड्डाले २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो । 

नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, सूचिकार, सपाइकर्मी, चर्मकर्मी, लोहाकार पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ । 

आगामी जेठ ५ गतेसम्म आवेदन दिन सकिने भए पनि दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिने सूचनामा उल्लेख छ । 

प्रकाशित मिति:April 19, 2024